सन् २०२३ मा सिंगापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना

सन् २०२३ मा सिंगापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना



काठमाडौं । सन् २०२३ मा सिंगापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना भएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको श्रम बजार प्रतिवेदन अनुसार नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार पाँच सय गैरआवासीय र चार हजार नौ सय जना स्थानीय रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिंगापुरवासीका लागि धेरैजसो नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिंगापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् । सन् २०२२ मा छ हजार चार सय ४० जनाको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार पाँच सय ९० जना पुगेको छ ।

गएको वर्ष सिंगापुरको दीर्घकालीन बेरोजगारी दर शून्य दशमलव सात प्रतिशतमा स्थिर रहेको थियो ।