बेनेलीको नयाँ बर्ष योजनामा १ लाख सम्मको छुट

बेनेलीको नयाँ बर्ष योजनामा १ लाख सम्मको छुट



काठमाडौं । इटालियन ब्रान्डका बेनेली बाइक आयात तथा बिक्रीवितरण गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ् प्रालिले नयाँ बर्ष २०८१ का लागि विशेष फाईनान्स योजना ल्याएको छ ।

योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ । साथै अरु मोडलहरुका बाईकहरुमा विशेष छुटको बेवास्था पनि मिलाएको छ। कम्पनीले मोडल हेरि रु. १५ हजारदेखि रु. १ लाखसम्मको छुट दिने भएको छ ।

यो अद्भुत अवसरको सदुपयोग गरि ग्राहकहरुले उत्कृष्ट इटालियन डिजाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्नेछन् ।

१९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।

कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।

यस नयाँ बर्ष २०८१ विषेश योजनाका अधिक जानकारीको लागि केटिएम इन्टरनेशनल ट्रेडिङको नारायणचौर, नक्साल शाखामा गई वा सम्पर्क गरी सेवा लिन सकिनेछ ।