सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो



सोलुखुम्बु । रेडियो एभरेष्टको लोगो अंकित व्यानर सगरमाथाको शिखरमा फहराइने भएको छ । हिमाल आरोही राजेश मगरले सगरमाथाको शिखरमा रेडियो एभरेष्ट ९६.८ मेगाहर्जको लोगो अंकित व्यानर फहराउने भएका हुन् ।

प्रा.लि.का संचालक समिति सचिव अशोक राईले बिहिबार आरोही मगरलाई सोलुखुम्बुकाे सल्लेरी स्थीत रेडियो एभरेष्टको स्टुडियोमा उक्त व्यानर हस्तान्तरण गरेका हुन् । आरोही मगरको टिम सुरुमा ६ हजार मिटर अग्लो हिमाल लोबुचेबाट आरोहण सुरु गर्नेछ भने मे को दोश्रो साता सगरमाथामा पाइला टेक्ने छ । सोहि अवसरमा रेडियोकाे व्यानर सगरमाथा शिखरमा फहराइने भएको हो ।

रेडियो एभरेष्टले २ हजार वाट क्षमतामा यही चैत्कोत दोश्रो साताबाट परिक्षण प्रसारण सुरु गर्दै छ ।