होलीकाे रङमा रंगियाे वसन्तपुर (तस्बिरहरू)

होलीकाे रङमा रंगियाे वसन्तपुर (तस्बिरहरू)



काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार देशभरका पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।

काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् ।

सेतो टिसर्ट लगाएर आएकाहरु विभिन्न रङ लगाएर लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरिरहेका छन् ।

वसन्तपुर, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमामा साँझसम्मै ठूलो उल्लास छाउँछ ।

यस्तै, काठमाडौं उपत्यकाका ठाउँ-ठाउँमा कन्सर्ट आयोजना गरिएको छ । दरबार मार्ग क्षेत्रमा बिहानैदेखि कन्सर्ट चलिरहेको छ ।