तीन बालबालिका सुनकोसीमा डुबेर बेपत्ता

तीन बालबालिका सुनकोसीमा डुबेर बेपत्ता



विराटनगर । होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।

उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन्। प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको छ ।