शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा

शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा



काठमाडौं । बलिउड अभिनेता गोविन्दा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरेका छन् । उनी बिहीबार मुख्यमन्त्री शिन्देसँगै मुम्बईस्थित शिवसेना कार्यालय पुगेर पार्टीमा प्रवेश गरेका हुन् ।

शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले २००४ देखि २००९ सम्म राजनीतिमा रहेको र १४ वर्षपछि फेरि राजनीतिमा आउनु संयोग भएको बताए ।

शिव सेनाले मुम्बईको उत्तर-पश्चिम लोकसभा सीटबाट गोविन्दालाई टिकट दिन सक्ने बताइएको छ । यहाँबाट उद्धव गुटको शिवसेनाले अमोल कीर्तिकरलाई उम्मेदवार बनाएको छ । गोविन्दाले मार्च २७ मा पूर्व विधायक कृष्ण हेगडेसँग भेट गरेका थिए । त्यसयता उनको चुनाव लड्ने अड्कलबाजी चलिरहेको थियो ।

गोविन्दाले लोकसभा चुनाव लड्ने यो पहिलो पटक भने होइन । यसअघि २००४ मा उनले कांग्रेसको टिकटमा मुम्बई उत्तरबाट लोकसभा चुनाव लडेका थिए । सो चुनाव जितेर गोविन्दा सन् २००४ देखि २००९ सम्म लोकसभा सांसद बनेका थिए ।