विराटनगर । सुनसरीको हरिनगर गाँउपालिकाकाे सबै वडा र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको हो ।
बिहिबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका- १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको झगडाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले बताएकाे छ ।
बिहिबार स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले स्थिति नियन्त्रणमा आएको बताइएकाे छ ।

प्रतिक्रिया