२२.७५ अंकले बढ्यो शेयर बजार

२२.७५ अंकले बढ्यो शेयर बजार



काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज होटल र व्यापारबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त र मानुषी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटलको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । एक करोड १२ लाख कित्ता शेयर चार अर्ब २५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।