चन्द्रकाेट गाउँपालिका र रक्त संचार सेवा केन्द्रबीच नि:शुल्क रगत उपलब्ध गराउने सहमती

चन्द्रकाेट गाउँपालिका र रक्त संचार सेवा केन्द्रबीच नि:शुल्क रगत उपलब्ध गराउने सहमती


ग्लोब नेपाल
0
Shares

गुल्मी । गुल्मी जिल्लाकाे चन्द्रकाेट गाउँपालिका र रक्त संचार सेवा केन्द्र रुपन्देही बुटवल बीच नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झाैंता भएकाे छ । चन्द्रकोट गाउँपालिका भित्रका स्थायी बासिन्दा / कर्मचारीहरुलाई निःशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने सम्बन्धमा चन्द्रकोट गाउँपालिका गुल्मी र नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवाकेन्द्र रुपन्देही (बुटवल/ ‍भैरहवा) बीच भएको हाे । गाउँपालिका अध्यक्ष युवराज खत्री र नेपाल रेडक्रस सोसाईटीका उपसभापति एवम् संयोजक मित्रलाल न्यौपानेले हस्ताक्षर गरी सम्झाैंता भएकाे चन्द्रकोट गाउँपालिका वडा नम्बर २ का  अध्यक्ष कमल केसीले जानकारी दिए ।

रूपन्देही जिल्लाभित्र संचालनमा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा उपचार गराउने चन्द्रकोट गाउँपालिकाभित्रका स्थायी बासिन्दा / कर्मचारीहरूलाई निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने भएका छन् । चन्द्रकोट गाउँपालिकाबाट रक्त संचार सेवा केन्द्र, रूपन्देही ( बुटवल भैरहवा) को लागि चन्द्रकोट गाउँपालिकाभित्र रगत संकलन कार्यमा सहयोग गर्ने  वडाध्यक्ष केसीले जानकारी दिए ।

बिरामीका आफन्तले रक्त संचार सेवा केन्द्रमा रगत वा रगतजन्य पदार्थ लिन आउदा पेस गरेको निःशुल्क रगतको सेवा लिनु पर्ने वा लिएका व्यक्ति चन्द्रकोट गाउँपालिका भित्रको स्थायी बासिन्दा भएको प्रमाणित हुने कागजात (नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी, बसोबासको प्रमाण पत्र, वडा को सिफारिस, स्वास्थ्य बिमा कार्ड, आदि) उपलब्ध गराउनुपर्ने सम्झौंतामा भनिएकाे छ । यो सम्झौंताको अवधि २०८१ बैशाख ०७ गतेदेखि लागु भई २०८३ साल असार मसान्तसम्म कायम रहने वडाध्यक्ष केसीले बताए ।