विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

विदेशी अवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्थाविपरीत पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । अहिले अख्तियारको आरोपपत्र रुजु गर्ने काम भइरहेको छ ।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।