पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’ पदकबाट सम्मानित

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’ पदकबाट सम्मानित



काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई सम्मान गरेको हो ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरे । मञ्चमा नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीकाे पनि उपस्थिति थियाे ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गरेको हो ।

नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी जननेता मदन भण्डारीको पत्नी हुन् ।

उनी नेपालको पहिलो महिला रक्षामन्त्री समेत भएकी थिइन् भने वातावरण संरक्षण र जलवायु परिवर्तनका सवालमा पैरवी गर्दै आएकी थिइन् ।