जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए



जनकपुरधाम । जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी सकुशल भेटिएकी छन् ।

आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

दुवैजना चार दिनदेखि होटेलमा थिए । दुवैजनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।