झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा



विराटनगर । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन् ।

प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।

प्रहरीका अनुसार उनी उदयपुरमा कार्यरत रहेको बेला दुव्यर्वहार गरेपछि किशोरीले साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यादवले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, दबाब दिए । शुक्रबार पनि परीक्षा दिएर फर्किएकी किशोरी अगाडि गएर मोटरसाइकल रोक्दै यादवले मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।

तर कुनै जवाफ नदिएपछि तँ, तेरो दिदी र जाहेरी हाल्न सघाउने व्यक्तिलाई नमारी म जेल जान्नँ’ भन्दै किशोरीमाथि गोली हानेको अनुसन्धान अधिकारीले जानकारी दिए ।

नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् ।

गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे विस्तृत रूपमा अनुसन्धान हुन भने बाँकी छ ।