अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ



रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउने १३ जनालाई बुटवल प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो। पक्राउ परेका व्यक्तिसँगै प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।