पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका पौडेललाई ९ वर्ष कैद

पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका पौडेललाई ९ वर्ष कैद

२३ करोड २७ लाख जरिवाना



काठमाडौं । विशेष अदालतले पेमेन्ट गेटवेमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।

गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई आज सजाय निर्धारण गरिएको हो ।

पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेको अख्तियारले जनाएको छ ।