जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार



काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

राईले विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

राईलाई पक्राउ गर्नका लागि विभागले उनको राहदानीलाई ‘कालोसूची’ मै राखेको छ ।

राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको छ ।

उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ । यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।