कैलाश सिरोहिया अस्पताल भर्ना

कैलाश सिरोहिया अस्पताल भर्ना



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार राति १० बजे अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । मुटुमा समस्या भएपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।

बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो ।

उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुन: अदालतमा पेश गरिएको थियो ।

उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ ।