सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति

सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति



काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएकाे छ । जिल्ला अदालत धनुषाका न्यायाधीश यदुराज शर्माको एकल इजलासले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न माग गरेकाे थियाे ।

गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट सिराेहिया पक्राउ परेका थिए ।

उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन् । उनलाई आज अस्पतालबाट एम्बुलेन्समा अदालत ल्याइएको थियो ।