कोलोराडोमा नेपाली भाषा पाठशाला शुरू

कोलोराडोमा नेपाली भाषा पाठशाला शुरू



कोलोराडो । कोलोराडो राज्यको अरोरामा र वेष्टमिनिष्टर स्थित नेपाली घरमा नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ ।

अरेराको पाठशाला साना भाइ लहन शाक्यले रिवन काटेर पाठशालाको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स-साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले बिगत ५ वर्षदेखि निरन्तरता दिंदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन् ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले यस वर्ष स्कूल सञ्चालनमा सहयोगी नियमित तथा अतिथि शिक्षकरशिक्षिकाहरू एवं स्वयं सेवकरसेविकाहरूको परिचय गराएका थिए । अनेसासले गत वर्षदेखि यो स्कूल चलाउन सघाउँदै आएको छ भने उत्तरी क्षेत्रका लागि दिदी बहिनी समूह लगायत अन्य सामाजिक संस्थाहरूको सहयोगमा नेपाली घरमा विगत ३ वर्षदेखि नेपाली भाषा सञ्चालन गरिदै आएको छ ।

अरोरा पाठशालाको शुरू दिनमा उद्घाटनसँगै विद्यार्थी भर्ना, सामान्य Assessment Test र विद्यार्थीलाई पाठ्य सामग्री सहितको फोल्दर वितरण गरिएको थियो । आज नेपाली भाषा पाठशाला अरोरामा जम्मा ३५ जना बालबालिकाको भर्ना गरियो भने थप दश जना अर्को हप्ताबाट जोडिने स्कूल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य राजेन्द्र सिग्देलले बताएका छन् ।

त्यस्तै गरेर नेपाली घरमा आजकै दिनबाट शुरू गरिएको पाठशालामा ४८ जना बाल बालिकाहरू भर्ना गरिएको र थप ८ जना पनि जोडिने भएको अनेसास कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले बताएका छन् ।