शेयर बजार घटे पनि काराेबार रकम झन्डै ५ महिनायताकै उच्च

शेयर बजार घटे पनि काराेबार रकम झन्डै ५ महिनायताकै उच्च



काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च कारोबार भएको छ । आजकाे कारोबार रकम झन्डै पाँच महिनायताकै उच्च भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९.३२ अंकले नेप्से सूचक घटेपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा सो बराबरको रकम कारोबार भएको हो ।

आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रोपावर र साधना लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज तीन सय १३ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएकाे माघ ७ गते ७ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।