गरुडा नगरपालिकाको ७० करोडभन्दा बढीको बजेट प्रस्तुत

गरुडा नगरपालिकाको ७० करोडभन्दा बढीको बजेट प्रस्तुत



रौतहट । रौतहटको १८ स्थानिय तह मध्ये जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगसभाले ७० करोड बढीको बजेट पारित गरेको छ ।

बिहीवार सम्पन्न गरुडाको एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशनमा ७० करोड बढिको बजेट प्रस्तुत गरिएको हो ।

मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा उपमेयर पुनम चौधरीले आर्थिक वर्ष २०८१-०८२ को  लागि ७०  करोड  २० लाख ५९  हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन् ।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, ससर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगायतबाट गरी उक्त बजेट पारित गरिएको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बताएका छन ।

शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर जैसवालले बताएका छन ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम, वडा  १ का वडा अध्यक्ष शेख वहाब, २ का अध्यक्ष कृष्णनन्दन सहनी,  ३ का अध्यक्ष अम्बिका सहनी, ४ का अध्यक्ष सुनिल कुमार जयसवाल, ५ का अध्यक्ष रामबाबु चौधरी, सम्पुर्ण कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।