सोनाक्षीसँग कति छ सम्पत्ति ?

सोनाक्षीसँग कति छ सम्पत्ति ?

गरिब केटोलाई छोरी दिन अभिभावकद्वारा आनाकानी


ग्लोब नेपाल
270
Shares

गत जुन २३ मा वैवाहिक बन्धनमा बाँधिएकी सोनाक्षी सिन्हाको विवाह अभिभावकको सहमतिमा हुन सकेन । लोकलाज ढाक्नका लागि मात्र सोनाक्षीका पिता शत्रुघन सिंहले जहिर इकवालसँग विवाह गर्न स्वीकृति दिएका थिए । पिता शत्रुघनले दुईवटा कुरामा असहमति राखेका थिए ।

पहिलो हिन्दू परिवारकी छोरी मुसलमानलाई दिनुपरेकोमा आत्मग्लानी भएको थियो भने अर्को जहिर आर्थिक हैसियतमा असमान थिए । विवाहपछि सोनाक्षी र जहिरको सम्पत्ति जोड्दा एक अर्ब दुई करोड हुन आउँछ । यसमध्ये सोनाक्षीसँग एक अर्बभन्दा बढी सम्पत्ति छ भने जहिरसँग पुगनपुग २ करोड भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अन्ततः छोरीको इच्छा अगाडि शत्रुघन नतमस्तक बनेर विवाहको स्वीकृति दिएका थिए ।

बलिउडमा धेरै फिल्म खेलेर नाम कमाएकी सोनाक्षीसँग १ सय करोड अर्थात् १ अर्ब रुपैयाँ छ । उनले मुम्बाइमा घर किनेकी छन् जसको मूल्य १४ करोड रुपैयाँ पर्छ । उक्त घरको तस्बिर उनले इस्टाग्राममा राखेकी थिइन् ।

सोनाक्षी आलिसान कारको सौखिन हुन् । कार कलेक्सनमा उनी सौख राख्छिन् । उनीसँग हाल १ करोड ४२ लाख रुपैयाँ पर्ने मर्सिडिज बेन्ज (एस क्लास ३५–डी‍‍), ७५ लाख रुपैयाँ पर्ने बिएमडब्लु ६ सिरिज र ३ करोड ३ लाख रुपैयाँ पर्ने बिएमडब्लु आई–८ लगायतका अन्य धेरै लक्जरी कार छन् ।

सम्पत्तिमा जहिर र सोनाक्षीको तुलनै हुँदैन । ३५ वर्षीय जहिरको कूल सम्पत्ति पुगनपुग २ करोड रुपैयाँ छ । सन् २०१९ मा नोटबुक फिल्मबाट उनले डेब्यु गरेका थिए । सञ्चारमाध्यममा आएको रिर्पोटअनुसार जहिरसँग मर्सिडिज बेन्च एम–क्लास छ र डुकाटी स्क्रैम्बलर बाइक छ ।