बागमतीमा डुबेका तीन मध्ये दुई बालकको उद्धार, एक बेपत्ता

बागमतीमा डुबेका तीन मध्ये दुई बालकको उद्धार, एक बेपत्ता



रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट स्थित बागमती नदिमा नुहाउने क्रममा डुबेको ३ जना बालक मध्ये  २ जनाको उद्वार भएको छ भने बेपत्ता एकजना बालकको खोजीकार्य जारी रहेको छ ।

बिहानै देखि लागेको चर्को घामले अत्यधिक गर्मिलागेर सोमवार दिउसो स्थानिय हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी र केशर कवाडीको छोरा बर्ष १२ को सयदुल्ला कवाडी बर्ष ८ को सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए ।

नदीमा पौडी खेल्ने क्रममा तीनैजना बालकहरू पानीमा डुबेपछी स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडी लाई पानीबाट निकालेर  तत्काल उपचारको लागी गरुडा तर्फ पठाईएको  थियो । हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी नदीमा बेपता भएको छ । 

घटनाको खबर लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेश समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादबको कमाण्डमा ३ जना र स्थानियद्धारा खोजि कार्य हुँदा पनि तीनबजे सम्म बेपता बालक फेला परेको छैन ।

पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोड सहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोलि परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । उद्धार भएका दुईजना बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिएका छन् ।