मौद्रिक नीतिको पूर्वसन्ध्यामा ३२ अंकले बढ्यो नेप्से

मौद्रिक नीतिको पूर्वसन्ध्यामा ३२ अंकले बढ्यो नेप्से



काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले बढेको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा १.२६ प्रतिशत बढ्दा परिसूचक २५६८.११ अंक पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९६ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर छ ।

बिहीबार एउटा १० प्रतिशत बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । बिहीबार १३ मध्री ४ समूहको सूचक घटेको छ । विकास बैंक समूह, जलविद्युत समूह, लगानी समूह र अन्य समूहको सूचक समेत घटेको छ ।

बुधबार सेयर सूचक घटेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा सूचक घटेको थियो ।