काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से ३४.२९ अंक बढेको हाे ।
सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । आज २३ अर्ब ४३ करोडको कारोबार भएकाे छ ।
यस दिन बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढेकाे छ ।
त्यसैगरी माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशतले घटेकाे छ ।
आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १२ लाख कित्ता शेयर २३ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रि–इन्सुरेन्स ८६ करोड र शिवम् सिमेन्ट्सको ८४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
प्रतिक्रिया