इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु



इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान शुरु भएको हो । गएको बिहीवार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान शुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाण्डौंबाट इलामका लागि छ जना यात्रु लिएर आएको जहाज काठमाण्डौका लागि आठ जना यात्रु लिएर फर्किएको छ ।

अब रहेक बिहीवार नियमित उडान हुनेछ । बर्खा लाखेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि नभएको उडान शुरु भएसँगै यात्रुलाई सहज भएको छ ।