रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ । पोखराको पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ । रास्वपाले पोखरा केन्द्रित आन्दोलनका लागि प्रत्येक जिल्लाबाट १ सय जनाका दरले उपस्थित हुन उर्दी जारी गरेको छ ।