रविको बचाउमा पोखरामा आज पनि विरोध प्रदर्शन

रविको बचाउमा पोखरामा आज पनि विरोध प्रदर्शन


ग्लोब नेपाल
270
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन भएको छ ।

रास्वपाका कार्यकताहरुले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा आज मंगलबार (चौथो दिन) पनि प्रदर्शन गरेका हुन । रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको जीरो किलोमिटरदेखि अमरसिंह चोकसम्म प्रदर्शन गरेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गएको शुक्रबार काठमाडौंबाट पक्राउ परेको लामिछानेलाई सोही राति पोखरा पुर्‍याइएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद पनि थपेको छ ।

रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रित भएर विरोध प्रर्दशन गर्दै आएका छन ।