काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने छ ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया