वन मन्त्रालयको नाम फेर्ने मन्त्रिपरिषद्को निर्णय

वन मन्त्रालयको नाम फेर्ने मन्त्रिपरिषद्को निर्णय


ग्लोब नेपाल
81
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन भएको छ । कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा वन मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रिपरिषद बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय लिएको बताए ।

अब उक्त मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राखिने भएको छ । उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजान मन्त्रालयको नाम परिवर्तन गरिएको उनको भनाइ थियो ।

जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौती उत्पन्न भएको खरालले बताए ।जलवायु परिवर्तनका कारण आफ्नो भूमिका नभए पनि नेपालले ठूलो क्षति व्यहोरिरहेको उनको भनाइ छ ।