राष्ट्रपति पौडेल अजरबैजान भ्रमणमा जाने

राष्ट्रपति पौडेल अजरबैजान भ्रमणमा जाने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान भ्रमणमा जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलनमा भाग लिन अजरबैजान जाने भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेल कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेर ३० गते स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।