नेपालकै धनी मन्त्री ! २ श्रीमति, सम्पत्ति कति ?

नेपालकै धनी मन्त्री ! २ श्रीमति, सम्पत्ति कति ?


ग्लोब नेपाल
162
Shares

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा सम्भवतः नेपालको सबैभन्दा धनी मन्त्री हुन् । उनको अर्बौं सम्पत्ति रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । आफू, दुई श्रीमती, छोरा र कम्पनीको नाममा विभिन्न स्थानमा घरजग्गा, शेयर, बैंक ब्यालेन्स र कम्पनीहरुमा सेयर रहेको उनले बुझाएको विवरणमा उल्लेख छ ।

श्रीमती मनलक्ष्मी थापा र राधा थापा क्षेत्रीको नाममा ३२ स्थानमा अर्बौंको घरजग्गा छ । पोखरा महानगरपालिकाका ६, ८, ९, १७, २८, २९ नम्बर वडामा धेरै जग्गा देखाएका छन् ।

छोरा सौगातका नाममा १० कम्पनीमा लाखौंको सेयर छ । उनले आफ्नो नाममा धेरै कम्पनी, होटल, रिसोर्ट र गाडी व्यवसायमा लगानी रहेको बताएका छन् । मन्त्री थापाको नाममा नयाँ बजारमा तीन घर छन् ।

पोखरामा ३ वटा होटल र दुई व्यापारिक भवन छन् । थापा अघिल्लो कार्यकालमा कानूनमन्त्री थिए । त्यतिबेला ९० तोला सुन देखाएका उनको यसपटक ७० तोला थपिएर १ सय ६० तोला पुगेको छ ।

थापासँग ७ सय ५० तोला चाँदी र २० तोला हिरा छ । यस्तै २ करोड, १ करोड १६ लाख र १ करोड १२ लाखका तीनवटा लक्जरी गाडी छन् ।

लुम्बिनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाख बराबरकोे सेयर छ । व्यवसायिक पृष्ठभूमिका थापा उद्योग बाणिज्य संघ कास्कीका पूर्वअध्यक्ष हुन् ।