संविधानको गहन समीक्षा जरुरी छ: कांग्रेस नेता सिटौला

संविधानको गहन समीक्षा जरुरी छ: कांग्रेस नेता सिटौला


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी भएको बताएका छन ।

आज (शनिबार) काठमाण्डुमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको पनि बताएका छन ।

उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैँले बनाएको संविधान कति इमानदारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको पनि बताएका छन ।

उनले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताए । उनले परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि गरिएका सङ्कल्पहरू कति पूरा भए भन्नेबारेमा समीक्षा हुनुपर्ने बताएका छन ।