काठमाडौं ।प्रधानमन्त्री केपी ओलीभन्दा पहिला एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । पोखरेल नेतृत्वको एमाले टोली आगामी २६ कात्तिकमा चीन जान लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेलको टोलीले १० दिने भ्रमण गर्न लागेको जानकारी शनिबारको सचिवालय बैठकमा दिएइको थियो । ओली आगामी मंसिर १७ चीन जाँदैछन् ।
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ओलीको भ्रमणका क्रममा चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता हुन सक्ने बताए ।
प्रतिक्रिया