प्रधानमन्त्री ओली धरान आउने भएपछि सुरक्षा व्यवस्थामा कडाई

प्रधानमन्त्री ओली धरान आउने भएपछि सुरक्षा व्यवस्थामा कडाई


ग्लोब नेपाल
405
Shares

धरान । प्रधानमन्त्री केपी शर्मा ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा सहभागी हुन सोमबार धरान आउन लागेका छन् । प्रतिष्ठानको कुलपतिसमेत रहेका ओलीले समय नदिँदा दीक्षान्त समारोह हुन सकेको थिएन । प्रधानमन्त्री ओली धरान आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

ओलीको समय नपाएर दीक्षान्त समारोह नहुँदा अध्ययन सकेका डाक्टर र स्टाफ नर्स दीक्षित हुन पाएका छैनन् । एकपछि अर्को गरी ओलीविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी र प्रदर्शन हुन थालेपछि सुरक्षा संयन्त्र चनाखो भएको छ ।

कोसी राजमार्गअन्तर्गत विराटनगर–धरान सडक खण्डमा बाक्लो सुरक्षा तैनाथी छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले कोसी राजमार्ग र कार्यक्रम स्थल आसपास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको बताए ।

सहकारी ठगीमा आफ्ना सभापति पक्राउ परेको विरोधमा आन्दोलनरत रास्वपा कार्यकर्ता र पहिचान पक्षधरले ओलीविरुद्ध प्रदर्शन गर्न सक्ने आंकलन प्रहरीको छ ।