काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागलाई पूर्णता दिएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम दुई विभागमा पदाधिकारी र सदस्य मनोनित गरेको सो पार्टीले जनाएको छ ।
लिङ्देनले वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य सचिव मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) छन् ।
अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गरेका छन् । विभागको सदस्य सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) तथा सदस्यमा सांसदसमेत रहेकी आशा लामा (काठमाण्डु), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा) लाई मनोनयन गरेका छन् ।
यसैगरी सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाण्डु) किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहेको प्रवक्ता श्रेष्ठले बताए ।
अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजाे सोमबार आयोजित कार्यक्रममा दुवै विभागका पदाधिकारी र सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया