काठमाडौं । भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयानलाई आज पनि निरन्तरता दिइएको छ ।
भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबार र बुधबार दिनभर बयान लिइएको थियो । आज साँझसम्म बयान सकेर पोखरा पठाउने तयारी भएको जिल्ला रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको कसुरमा बयानका लागि मंगलबार कास्की प्रहरीको हिरासतबाट बुटवल लगिएको थियो ।
पोखराको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत मिनामिनामा संलग्न रहेको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी सोही दिन राति पोखरा लगिएको थियो ।
रास्वपाका कार्यकर्ताहरुले लामिछाने रुपन्देही आए देखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन । सोही क्रममा बुधबार दिउसो अदालत अगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी विच केहीबेर तनाव सृजना भएको थियो । आज बिहीबार पनि रास्वपाले रुपन्देहीमा मोटरसाइकल र्याली गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया