पार्टी सुदृढीकरणमा जुट्न कांग्रेस महामन्त्री गगनको आग्रह

पार्टी सुदृढीकरणमा जुट्न कांग्रेस महामन्त्री गगनको आग्रह


ग्लोब नेपाल
162
Shares

सिन्धुपाल्चोक । कांग्रेस महामन्त्री गगन थापाले सबै नेता तथा कार्यकर्तालाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह गरेका छन् । बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले उक्त आग्रह गरेका हुन् ।

उनले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए । महामन्त्री थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् ।

महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताए ।