राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पत्रकार सम्मेलन आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पत्रकार सम्मेलन आयोजना


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन आयोजना गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अपराह्न २:३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाले विभिन्न राजनीतिक र समसामयिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागिएको बताए । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपमा सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले आन्दोलन गर्दै आएको छ ।

आफ्ना उम्मेदवारलाई बन्धक बनाइएको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस र एमालेले आफ्नो पार्टीका उम्मेदवार अपहरण गरेको आरोप लगाएको छ । कार्यबाहक प्रवक्ता मनिष झाले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष उम्मेदवार सुजाता फडेरा थापालाई अपहरण गरिएको आरोप लगाए ।

उनका अनुसार थापालाई बन्धक बनाएर मनोनयन दर्ता नगर्न सहमत गराइएको छ । ‘राज्य शक्तिको दुरुपयोग गरेर हाम्रो उम्मेदवारलाई बन्धक बनाएर उम्मेदवारी दर्ता नगर्न सहमत गराइएको छ’, उनले भने, ‘यो त अति नै भयो ।’

उनले राज्य सत्ताको आडमा देशभर आफ्ना पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई डर, त्रास र धम्की दिन थालिएको आरोप लगाए । धम्कीका कारण थापाले अन्तिम समयमा आएर उम्मेदवारी दिन नसक्ने जानकारी पार्टीलाई गराएको झाले बताए ।