काठमाडौं । धर्बेन्द्र कुँवरको ह्याट्रिकसँगै जावलाखेल युथ क्लब ललितस्मृति एन्फा यु–१८ युथ लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा जावलाखेलले सातदोबाटोलाई ४–१ ले पराजित गरेको हो । चौथो जितसँगै जावलाखेलले १० खेलबाट १४ अंक पुर्याएको छ । पराजित सातदोबाटो चार अंकसहित ११औं स्थानमा छ ।
३८औं मिनेटमा निष्पक्ष बरालले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । ५० औं मिनेटमा धर्बेन्द्रले खेल बराबरीमा ल्याए । त्यसको पाँच मिनेटपछि नै प्रशान्त तामाङले अग्रता २–१ मा पुर्याए । ६९ र ८४औं मिनेटमा धर्बेन्द्रले गोल गर्दै ह्याट्रिक पूरा गरे र जावलाखेलले जित निकाल्यो ।
प्रतिक्रिया