चीन जानुअघि ओलीले गरे पूर्वप्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल

चीन जानुअघि ओलीले गरे पूर्वप्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल

ओलीको आडमै माधव नेपाल


ग्लोब नेपाल
3.5k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन् । मंसिर १७ बाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल सुरू गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेकाे छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री ओली मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।