कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : काँग्रेस प्रवक्ता डा.महत

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : काँग्रेस प्रवक्ता डा.महत


ग्लोब नेपाल
0
Shares

नुवाकोट । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचन (विसं.२०८४) सम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा  सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले नेकपा माओवादी केन्द्रको बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासको लागी गरिएको प्रणले अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दाबी गरे ।

“ठूला दलहरु सत्ता सञ्चालनमा सहकार्य हुनु सुहाउदो पक्ष होइन ।” पूर्वमन्त्री डा. महतले भने “पाटी भन्दामाथी उठेर, जनताको पृष्ठ पोषणको लागी कामगर्न दुई दलबीच प्रतिबद्धता छ । यसलाई कायम राखेर अर्को निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ ।”

सरकार सञ्चालनमा ठूलो दल काँग्रेसले पाटी भन्दामाथी देश र जनताको पक्षमा काम गर्न प्रतिनिधि (मन्त्री) खटाएको उनले स्मरण गराए । सोही अनुसार नेकपा (एमाले)ले पनि देश विकासको लागी सत्ता गठबन्धनको लक्ष्य अनुसार साथ दिदै आएकाले काँग्रेस–एमालेको गठबन्धन आगामी चुनाव पछि समेत कायम हुनसक्ने उनको भनाई छ । पूर्व परराष्ट्र मन्त्री समेत रहेका डा.महतले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा ऋण भन्दा अनुदान केन्द्रित कार्यक्रमलाई काँग्रेसले जोड दिने बताएका छ्न् ।

 “चीनसंग मात्र होइन जुनसुकै राष्ट्रसंग ऋण लिनसक्ने हैसियमा मुलुक नभएकाले अनुदान र सहयोगका कार्यक्रमलाई मात्र काँग्रेसले स्वागत गर्दछ ।” उनले भने “चीन सरकारसंग कोभिड यता भएका अनुदानका सहमती कार्यान्वयन गर्न, आगामी दिनमा अनुदान र सहयोगको दायरा बढाउन तथा लगानी भित्र्याउने किसिमका साझा कार्यक्रममा समझदारी गर्नुपर्दछ ।” प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुने सहमती तथा सम्झौताको लागी नेपाली पक्षले सरोकारवालाको सुझाब अनुसार नै प्रस्ताव लैजाने उनले विश्वास व्यक्त गरे ।