दुर्गा प्रसाईं हिरासत फिर्ता

दुर्गा प्रसाईं हिरासत फिर्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा फिर्ता ल्याइएको छ । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो ।

उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईं क्यान्सरका बिरामी हुन् ।

अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।