प्रधानमन्त्री ओलीभन्दा अगाडि नै झलनाथ किन जाँदैछन चीन भ्रमणमा ?

प्रधानमन्त्री ओलीभन्दा अगाडि नै झलनाथ किन जाँदैछन चीन भ्रमणमा ?


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । आज (शनिबार) पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन ।

मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरिय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडाले जानकारी दिएका छन ।

बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ ।

ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा नेता खनालले सम्बोधन गर्नेछन् । उक्त प्लेनरि सेसनको शिर्षक ‘चीनको व्यापक सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ, सम्भावना र अवसरहरू रहेको छ ।

सम्मेलनमा सात वटा थेमाटिक विषयमा व्यापक छलफल हुनेछ । साताव्यापि भ्रमण सकेर नेता खनाल डिसेम्बर ७ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।