काठमाडौं । तेह्रथुमको लालिगुराँस गाउँपालिका–८ मा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४ सय ४० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बुद्ध बहादुर लिम्बुले ३ सय ६० मत प्राप्त गरेको आयोगले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्जिब खड्काले ३८ मत प्राप्त गरेका छन् ।
०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसकै तेज मान लिम्बु ५ सय २४ मतसहित विजयी भएको थियो ।
प्रतिक्रिया