राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएको छ ।

मंगलबार दिउँसो आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति कार्यालयमा पुगेर आर्थिक प्रतिवेशन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा २९४ बमोजिम मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको हो ।