काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक स्वदेश फर्किने क्रममा नेपालमा ट्रान्जिट पारेर आज काठमाडौँ आउँदैछन् । चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने बताइएको छ ।
प्रहरी स्रोतका अनुसार बिहान ९:५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।
प्रतिक्रिया