चीनमा भेटियो सुनको विशाल भण्डार

चीनमा भेटियो सुनको विशाल भण्डार


ग्लोब नेपाल
675
Shares

हुनान । नेपाली बजारमा तोलाको १ लाख ५० हजार रुपैयाँभन्दा माथिको मूल्यमा विक्री हुने सुनको मध्य चीनमा विशाल भण्डार फेला परेको छ । स्थानीय सञ्चारमाध्यमले हुनान प्रान्तमा लगभग १ हजार मेट्रिक टन सुनको भण्डार फेला परेको जनाइएका छ । उच्च गुणस्तर सुन उत्पादन हुने कच्चा पदार्थ फेला परेको समाचारमा उल्लेख छ ।

उक्त भण्डारमा रहेको सुन लगभग ६ सय बिलियन युआन अर्थात् ८३ बिलियनसम्म अमेरिकी डलर बराबर हुने मूल्यांकन गरिएको छ । अहिलेसम्म पत्ता लागेको सुनको सबैभन्दा ठूलो र आकर्षक भण्डारहरू मध्ये यो एक हुन सक्ने बताइएको छ । यो समाचार साइन्स अलर्टले अध्यावधिक गरे पनि चिनियाँ सरकारको तर्फबाट पुष्टि भइसकेको छैन ।

हुनान प्रान्तको भूगर्भ ब्यूरोले पिङजियाङको उत्तरपूर्वी हुनान काउन्टीमा २ किलोमिटर गहिराइमा ४० वटा सुनको भण्डारणका नशा फेला पारेको घोषणा गरेको छ । थप भण्डारणका नशाहरु ३ किलोमिटरको गहिराइमा फेला पार्न सकिने बताइएको छ । ब्यूरोका प्रमुख चेन रुलिन भन्छन्, ‘ड्रिल गरिएको ढुंगामा सुन देखिएको छ ।’

प्रत्येक मेट्रिकटन कच्चा पदार्थमा १ सय ३८ ग्राम (लगभग ५ औंस) सुन हुनसक्छ भनिएको छ । भूमिगत खानीबाट उत्खनन गरिएको कच्चा पदार्थमा ८ ग्रामभन्दा बढी सुन भए त्यसलाई उच्च गुणस्तरको मानिन्छ ।

सुनको विश्व बजारमा चिनियाँहरुको प्रभूत्व छ । यो बजारमा चिनियाँ उद्योगको १० प्रतिशत योगदान छ । विश्वव्यापी अनिश्चितताले गर्दा उत्पादनको स्रोतको माग बढ्दै गएको छ । विश्वभरि पत्ता लाग्न बाँकी रहेको बहुमूल्य सुनको कच्चा अझै कति छन् स्पष्ट छैन । विज्ञहरू हामी सुन उत्खननको शिखरमा पुगेका छौं कि छैन भन्नेमै विभाजित छन् ।

हुनान साइटानको खानीबाट निकालिएको कच्चा नमूनाअनुसार प्रारम्भिक अनुमानभन्दा अझ बढी त्यहाँ सुनको भण्डारण हुने सङ्केतहरु प्राप्त भएको छ । सुनको उत्खननका लागि यो उल्लेखनीय वर्ष मानिएको छ । सुन एक पुरातन धातु हो, जुन मानव इतिहासमा जहिले पनि मूल्यवान रहिरहन्छ ।