सिरियाका राष्ट्रपति सत्ता छाडेर भागे

सिरियाका राष्ट्रपति सत्ता छाडेर भागे


ग्लोब नेपाल
567
Shares

सिरिया । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमास्क छाडेर भागेका छन् । सरकारविरोधी प्रदर्शन उग्र भएका बेला राष्ट्रपति असादले राजधानी छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अरु प्रमुख सहर कब्जा गरेका विद्रोहीहरु राजधानी प्रवेश गरेसँगै उनले दमास्क छाडेका हुन् । रोयटर्सका अनुसार असदले राजधानी छाडेको भएपनि उनी कहाँ गए भन्नेबारे स्पष्ट हुन नसकेको जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अधिकारीहरुले दमास्कबाट एक निजी विमान उडेको भन्दै त्यसमा राष्ट्रपति असद हुन सक्ने बताएका छन् । सञ्चार माध्यमहरुका अनुसार राजधानी दमास्कमा गोलीका आवाजहरु सुनिएका छन् ।