मधेश प्रदेशमा सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट

मधेश प्रदेशमा सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट


ग्लोब नेपाल
513
Shares

जनकपुरधाम । सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको समाचार जनकपुरबाट सम्प्रेषण हुने इन्युजब्यूरोले उल्लेख गरेको छ ।

समाचारअनुसार मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागू हुने गरी सवारी साधनको नवीकरणमा लाग्ने जरिवानासमेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगन्जले यसको लागि सूचना जारी समेत गरिसकेको छ । अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयले सूचना निकाल्ने क्रम जारी छ ।

ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने भएको हो ।